अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु
शनिबार, २२ चैत २०७६, ०९ : ३०
काठमाडौं । कोरोना भाइसरको संक्रमणले अमेरिकामा महामारीको रुप लिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाको संक्रमण २ लाख ७७ हजार १६१ जनामा भएको छ भने मृतकको संख्या ७ हजार ३९२ पुगेको छ ।
बितेको २४ घण्टामा अमेरिकामा कोरोना भाइरसबाट १३ सय २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म भाइरस संक्रमित भएका १२ हजार २८३ जना निको भएका छन् भने ५ हजार ७८७ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको छ ।