मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा सिप्रदीद्वारा म्याक४टि रोयल सार्वजनिक

बिहीबार, १५ भदौ २०७४, २१ : १३
बिहीबार, १५ भदौ २०७४

काठमाडौं  – म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा हाल सञ्चालन भइरहेको नाडा अटो शो मा म्याक ४टी रोयल सार्वजनिक गरेको छ । 

उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशन लि.का कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।  


कम्पनीका अनुसा म्याक४ टी रोयल उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो । साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ ।

 
यसले उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्छ । यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ्ग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको कछ । यसले अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्ने जनाएको छ । 


लुब्किेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा म्याक४टि रोयललाई भारत पेट्रोलियम कर्पोरेशन लि. ले भारतमा उद्घाटन गरिसकेको छ । उक्त कम्पनीले लुब्रिकेन्ट वर्गमा गुणस्तरीय उत्पादनहरु जस्तै अटामोटिभ इीन्जन, गियर आयल, ट्रान्समिसन आयल, स्पेसियालिटी आयल र ग्रिज जस्ता उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप