आज बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?
सोमबार, २४ चैत २०७६, १० : ०७
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबार (चैत २४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रुपैयाँ १७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः