युएईमा कोरोनाबाट थप एक जनाको मृत्यु
सोमबार, २४ चैत २०७६, १९ : ५६
युनाइटेड अरब इमिरेट्स(युएई)मा सोमबार २७७ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
यो सँगै युएईमा संक्रमितको संख्या दुई हजार ७६ पुगेको छ । साथै सोमबार १ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ पुगेको छ ।आज नयाँ २३ जना उपचार पछि निको भए सँगै १६७ जनाले स्वास्थ्यलाभ गरेका छ।
यस अघि यूएईमा कोरोना भाइरस (कोभिड-१९) बाट ११ जना नेपालीहरु संक्रमित भैसकेका छन्।
११ जना संक्रमित मध्ये २ जना उपचार पछि निको भैसकेको र बाँकी ९ जना सामान्य स्थितिमा उपचार भैरहेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।