दक्षिण कोरियामा लगातार घटिरहेछन् कोरोनाभाइरसका संक्रमित
मङ्गलबार, २५ चैत २०७६, १० : ५०
दक्षिण कोरियामा लगातार दोस्रो दिन कोरोनाभाइरस संक्रमितको संख्या घटिरहेको छ ।
सोमबार द. कोरियामा ४७ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १७ जना विदेशबाट फर्किएका थिए ।
कोरोनाभाइरसलाई नियन्त्रण गर्ने विषयमा दक्षिण कोरियाको संसारभरी तारिफ भइरहेको छ ।
दक्षिण कोरियाले अत्यधिक मात्रामा कोरोना परीक्षण गर्ने उपकरण विकसित गरेको थियो । यसमार्फत्, उनीहरुले धेरैभन्दा धेरै कोरोनाभाइरसद्वारा संक्रमितको पहिचान गर्न सके र उनीहरुलाई आइसोलेशनमा राख्न सके ।