सांसद आलेले उपलब्ध गराए डोटीमा स्वास्थ्य सामग्री
डोटी । संघीय सांसद प्रेमबहादुर आलेमगरले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण अभियानमा संलग्न रहेका डोटीका चिकित्सकहरुका लागि लाखौँ मुल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका छन् ।
सांसद आले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट डोटी जिल्लाबाट निर्वाचित भएका हु्न् । उनले जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका चिकित्सक टोलीलाइ प्रयाप्त स्वास्थ्य सामाग्री नहुँदा समस्या भएको जानकारीपछि व्यक्तिगत लगानीमा २ सयवटा सेनिटाइजर, ५० वटा पिपिइ सेट, सुजकभर र क्याप एक हजार जोडी, ग्लोब्स १२ सय जोडी, र एक हजार पिस मास्क प्रदान गरेको बताए ।
सांसद आलेमगरले भारतबाट काम गरि फर्किएका जिल्लाका क्वारेन्टाइनमा रहेका सबै स्थानीय नागरिकको स्वाव संकलन गर्नका लागि पहल भैरहेको पनि बताए ।
उनले जिल्लामा चिकित्सका लागि आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री पनि क्रमिक रुपमा उपलब्ध गराउने बताए ।
थप स्वास्थ्य सामाग्री उपलब्ध गराएपछि जिल्लामा चिकित्सकहरुलाइ बिरामी चेकजाँच सहित कोरोना नियन्त्रण अभियानमा सहज भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका स्वास्थ्य अधिकृत रमेश मलासीले बताए ।