कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण , संक्रमित नेपालीको संख्या ३ पुग्यो
बुधबार, २६ चैत २०७६, १६ : ५१
खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या तीन पुगेका छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ११२ जना नयाँ संक्रमित बढे सँगै कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ।
तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २१ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।