विश्वभर यस्तो देखियो ‘पिंक’ अप्रिल सुपरमुन
बिहीबार, २७ चैत २०७६, ०८ : ३४
मंगलबार राति यो वर्षकै सबैभन्दा चम्किलो र ठूलो चन्द्रमा देखियो । यसलाई पिंक अप्रिल सुपरमुन भनिएको थियो । चन्द्रमा जब पृथ्वीको सबैभन्दा नजिक आउँछ, त्यसलाई नै सुपरमुन भनिन्छ । यतिबेला अन्य समयभन्दा आकाशमा चन्द्रमा ठूलो र चम्किलो देखिन्छ । यसपटक देखिएको सुपरपुनलाई पिंक मुन भनिए पनि चन्द्रमा वास्तवमै गुलाबी रंगको देखिने भने होइन । वसन्त ऋतुको पहिलो सुपरमुन भएको कारणले उत्तर अमेरिकामा यो समय फुल्ने ‘मस पिंक’ नामक फूलको कारण यसलाई सो नाम दिइएको हो ।
यस चन्द्रमालाई विश्वभरका फोटोग्राफरहरुले आफ्नो क्यामारामा कैद गरेका छन् । हेरौँ रोयटर्सले संग्रह गरेका केही तस्विरहरुः
माल्टा
क्रिमेया
बेलायत
थाइल्याण्ड
अस्ट्रिया
थाइल्याण्ड
माल्टा
बेलायत
युक्रेन
युएई
इन्डोनेसिया
जर्मनी
भर्जिनिया
फ्रान्स
चिली
इटाली