कुवेतमा थप एक नेपालीमा कोरोना संक्रमण,संक्रमित नेपालीको संख्या ४ पुग्यो
बिहीबार, २७ चैत २०७६, १७ : २२
–बिनोद श्रेष्ठ
युएई। खाडी मुलुक कुवेतमा थप एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप एकजना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या चार पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ५५ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९१० पुगेको छ। तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ । ७९८ जना संक्रमितहरुको उपचार भैरहेको जनाईएको छ।