कुवेतमा थप पाँच नेपालीमा कोरोना संक्रमण
शुक्रबार, २८ चैत २०७६, १६ : ०२
खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८३ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ।
तीमध्ये १ सय १२३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।