सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनमा २४ घण्टाभित्र कसैको मृत्यु भएन, नयाँ संक्रमित भेटिएनन्

शनिबार, २९ चैत २०७६, ०७ : ३२
शनिबार, २९ चैत २०७६

चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ ।

यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यद्यपि, थुप्रै  जानकारले चीनमा कोरोनाभाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप