सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हतारमा लकडाउन हटाउँदा थप घातक हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

शनिबार, २९ चैत २०७६, ०८ : २२
शनिबार, २९ चैत २०७६

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए ।

युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको  कूल १६ लाखभन्दा बढी संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप