सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केटाहरुलाई फलो गराउन मनपर्छ : आँचल शर्मा

शुक्रबार, १६ भदौ २०७४, १४ : ३७
शुक्रबार, १६ भदौ २०७४

३० भदौबाट देशभर रिलिजको तयारीमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’की अभिनेत्री हुन् आँचल शर्मा । उनी अहिले यही चलचित्रको कारणले पनि चर्चामा छिन् । चलचित्रमा उनको रोमान्स पल शाहसँग देख्न सकिनेछ । ‘जोनी जेन्टलम्यान’ले आफ्नो अभिनय करियरमा बदलाब ल्याउने उनले बताइन् । आँचलले ‘नाई नभन्नु ल ४’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले केही चलचित्र अभिनय गरेकी छन् । रिलिजको हिसावले ‘जोनी जेन्टलम्यान’ दोस्रो हो । आधादर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी उनले पछिल्लो अभिनयका लागि केही योजना पनि बनाएकी छन् । राम्रो चलचित्र मात्र काम गर्ने उनको थुप्रै योजना मध्यको एक हो । प्रस्तुत छ अभिनेत्री आँचलसँग रातोपाटीको दश प्रश्न ।

तपाईको पछिल्लो चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आउँदैछ । कति उत्साहित हुनहुन्छ ?
– उत्साहित भन्दा पनि धेरै खुसी र व्यस्त छु । अहिले चलचित्र प्रमोसनको समय हो । प्रमोसनका लागि बिभिन्न मिडियामा अन्तर्वार्तादेखि भेटघाट लगायत क्रियाकलापमा व्यस्त छु । चलचित्र र आफ्नो प्रमोसन एकसाथ गरिरहेकी छु । तीन बर्षपछि मेरो चलचित्र रिलिजमा आउन लागेको हो । केही राम्रो होला भनेर चलचित्र अभिनय गरेकी हुँ । अलिअलि एक्साइटेड र अलिअलि नर्भस छु ।

अभिनेत्री भएपछि सौदन्र्यतिर विशेष ध्यान रहन्छ होला नि होइन ?
– भन्दा गफ गरेको जस्तो होला । तर यो बास्तिबिकता हो । श्रृंगारप्रति धेरै इन्ट्रेस्ट नहुने म पहिलो युवती होला । केटाहरुलाई बरु बाहिर निस्कने बेलामा श्रृंगारमा समय लाग्ला, मलाई त्यति पनि लाग्दैन । म पाँच मिनेटमा रेडी हुन्छु । नर्मल क्रिम, गाजल लगाउँछु । यी बाहेक त्यस्तो केही लगाउनु पर्छ भन्ने छैन ।

फिटनेस, एक्सर्साइजमा कति ध्यान दिनुहुन्छ ?
पहिले गर्दिन थिएँ, अहिले गर्न थालेकी छु । पहिलो चलचित्र ‘नाइ न भन्नु ल’ भन्दा अहिले धेरै दुब्लाएकी छु । धेरैले पनि यसै भन्छन् । अहिले अभिनयमा आएपछि क्यामराको लागि भएपनि फिट रहनुपर्छ भनेर जिम, जुम्बा जाने गरेकी छु । सुटिङ र काम परेको समय बाहेक सधै एक्सरसाइज गर्छु ।

फेसनतिर त रुचि पक्कै होला ?
–रुचि नभएपनि लगाव राख्नैपर्छ । अरुले राम्रो देखोस् भनेर पनि फेसनमा ध्यानदिनु पर्ने हुन्छ । आफूलाई जे सुहाउँछ, त्यही फेसन गर्नुपर्छ भन्ने मेरो मान्यता हो । फेसनमा कन्सियस हुनेभन्दा पनि सुहाउने पहिरनमा जोड दिन्छु । गाउन, टिसर्ट, पाइट र वान पिस मलाई सुहाउने पहिरन हुन् । 

आफ्नो शरिरको कुन अंग मनपर्छ ?
 पहिले ओठ राम्रो लाग्थ्यो । मेरो ओठ अलि सानो पनि छ । कोठी पनि थियो । त्यसैले मनपथ्र्यो । हाँसो पनि राम्रो लाग्थ्यो । अहिले सबैले आँखा मनपर्छ भन्छन् । त्यसैले पनि होला मेरो सोच बदलिएको छ । मलाई पनि अहिले आँखा मनपर्छ ।

फुर्सदको समय के गर्नुहुन्छ ?
घरमै बस्छु । परिवारसँग रहन मनपर्छ । घरमै बसेर विभिन्न गेम खेल्ने, भेट्न नभ्याएकालाई फोन गर्ने लगायतका क्रियाकलाप गर्छु ।

प्रेममा हुनुहुन्छ ?
 छैन ।

त्यसो भए, प्रेम प्रस्ताव आएको छैन ?
होइन, होइन । पहिले स्कुलमा पढ्दा धेरै आउँथ्यो । अहिले भने आएको छैन । प्रेममा रमाउनभन्दा पनि केटाहरुलाई प्रेम मा पारेर फलो गराउन मनपर्छ ।  

कस्तो केटासँग डेटको इच्छा छ ?
डेट, योसँग गर्नपाए हुन्थ्यो भनेर सोचकी छैन । तर मेरो एउटा फरक सोच पनि छ । त्यो के हो भने म त्यस्तो केटासँग डेट जान चाहन्छु, जसले महिलाको सम्मान गरोस् । ह्यान्डसम्, गुडलुकिङ र अन्य केटीहरुलाई बाल नदिने खालको स्वभाव होस् । 

तपाइँको पूरा नभएको सपना ?
–  त्यस्तो केही छैन । म जे चाँहन्छु, त्यो कुनै न कुनै माध्यमबाट पूरा हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप