सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, ३० चैत २०७६, ०८ : ५२
आइतबार, ३० चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको प्रभाव रहेको जनाएको छ । 
 
यसैगरी, महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 
 
आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही  बांकी भू–भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जारी मौसम पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, अपरान्हपछि पहाडी  भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ ।

राति भने देशको पहाडी  भू–भागमा आंशिक बदली  रही बांकी भू(भागमा  मौसम सामान्यतया सफा रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप