बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बुझ्न नसकिएको कोरोनाः सुरुमा ज्वरो, त्यसपछि टाउको र पेट दुख्ने, झाडा–बान्ता पनि लक्षण, डाक्टरले भने, ‘मस्तिष्कसम्म पुग्यो भाइरस’

आइतबार, ३० चैत २०७६, ११ : ३८
आइतबार, ३० चैत २०७६

कोरोनाभाइरसको नयाँ क्षमतासँगै नयाँ जानकारी पनि सार्वजनिक भइरहेका छन् । उक्त नयाँ जानकारीका अनुसार बिरामीमा यो रोगको लक्षण तीब्र रुपमा बढिरहेको छ । गला, फोक्सो र दिमागपछि यसको असर पेटमा देखिएको छ । चीनबाट प्राप्त आँकडा अनुसार ५० प्रतिशत कोरोना बिरामीमा पेट दुख्ने, झाडा र बान्ताको लक्षण देखिएको छ ।

अमेरिकाका विभिन्न स्नायू विशेषज्ञका अनुसार अब कोरोना दिमागसम्म पनि पुगेको छ । ज्वरोपछि अब मस्तिष्क सुन्निने र टाउको दुख्ने घटना पनि तीब्र रुपमा बढिरहेका छन् ।

अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा प्रकाशित अनुसन्धान अनुसार चीनको हुबेई प्रान्तमा कोरानाका २०४ बिरामीमा भएको अनुसन्धानमा यो पुष्टि भएको हो । साधारणतया कोरोना संक्रमित बिरामीमा ज्वरो, सास फेर्न समस्या, सुख्खा खोकीजस्ता लक्षण देखिन्छ । हालै गरिएको अनुसन्धानले गन्ध थाहा नपाउनु र स्वाद महसुस नहुनु पनि यसको लक्षण भएको बताएको थियो ।

पहिलो लक्षण ‘फुड पोइजनिङ’ देखियोः

लण्डनको बलहम शहर निवासी इस्ला हसलमले आफ्नो अनुभव द सनसँग साझा गरेकी छिन् । उनले भनिन्, ‘जब म कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेकी थिएँ तब मलाई पेटमा भिन्न तरिकाको पीडा महसुस भयो । यो संक्रमणको पहिलो लक्षण थियो । एकदिन बिहान उठ्दा फुड पोइजनिङ भएको महसुस भयो । त्यसको केही घण्टापछि घाँटी सुन्निएको जस्तो भएर सास फेर्न गाह्रो भयो । रातीसम्म नाक पूर्ण रुपमा बन्द भइसकेको थियो, यो निकै डरलाग्दो अनुभव थियो । शरीरमा भारीपन महसुस भएको थियो र ज्वरो पनि बढिरहेको थियो ।’

कोरोनाले सुघ्ने र स्वाद थाहा पाउने क्षमता प्रभावित गर्छः

गन्ध थाहा नपाउनु र स्वाद महसुस नहुनु पनि कोरोनाभाइरस संक्रमणको सुरुवाती लक्षण हो । बेलायती रायनोलोजिकल सोसायटीका अध्यक्ष निर्मल कुमारका अनुसार दक्षिण कोरिया, चीन र इटलीमा कोरोना पीडितमा यो पुष्टि भएको हो ।

अनुसन्धानको रिपोर्ट अनुसार दक्षिण कोरियामा कोरोनाबाट पीडित ३० प्रतिशत मानिसहरुमा गन्ध थाहा नपाउनुलाई सबैभन्दा प्रमुख लक्षण थियो । ज्वरो, खोकी र सास लिन समस्याबाहेक यो पनि एउटा महत्वपूर्ण लक्षण हो जसले संक्रमण पहिचान गर्न मद्दत गर्न सक्छ । अमेरिकन एकेडेमी अफ ओटोलेरेन्गोलोजीले पनि हालै यस्तो रिपोर्ट जारी गरेको छ । अमेरिकन एकेडेमीको रिपोर्ट अनुसार यस्तो लक्षण देखिए ढिला नगरी डाक्टरको सल्लाह लिनुपर्छ ।

संक्रमित बिरामीको मस्तिष्क सुन्निएपछि समस्या बढेको छः

कोरोनाभाइरसले गला र फोक्सोका साथै दिमागलाई पनि जकडिरहेको छ । धेरैजसो स्नायू विज्ञले यसको पुष्टि गरेका छन् । उनीहरुका अनुसार कोरोनाबाट पीडित बिरामीमध्ये एउटा तप्का यस्तो पनि छ कि जसमा संक्रमणको असर दिमागसम्म पुगिरहेको छ । विशेषज्ञले यसलाई ‘ब्रेन डिस्फङसन’ नाम दिएका छन् ।

संक्रमणको असर बिरामीको बोल्ने क्षमतामा पनि परिरहेको छ । मस्तिष्क सुन्निने समस्या देखिएपछि यसले समस्या झन् जटिल बनाएको विशेषज्ञ बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप