सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाका करिब सय संक्रमित भेटिँदा बढ्यो अधिकारीको चिन्ता

आइतबार, ३० चैत २०७६, १४ : २६
आइतबार, ३० चैत २०७६

चीनमा कोरोना भाइरसका ९९ नयाँ संक्रमित फेला परेका छन् । यो पछिल्लो एक हप्तामा सबैभन्दा धेरै संख्या हो ।

स्वास्थ्य अधिकारीका अनुसार योसँगै चीनमा कोरोनाभाइरस संक्रमणका कूल ८२ हजार ५२ संक्रमित छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म कोरोना संक्रमितमध्ये १२ सय ८० जना बाहिरबाट आएका थिए । यीमध्ये ४८१ संक्रमित निको भइसकेका छन् भने ७ सय ९९ को उपचार भइरहेको छ । यीमध्ये ३६ जनाको स्थिती गम्भीर छ ।

शनिबार भेटिएका ९९ नयाँ संक्रमितमधये ९७ जना विदेशबाट फर्किएका हुन् ।

चीनको ऊहानमा कोरोना संक्रमितमा कमी आएपछि यहाँ जारी लकडाउन खोलिएको थियो । तर अब बिस्तारै–बिस्तारै त्यहाँ नयाँ संक्रमित भेटिएपछि चिनियाँ अधिकारीको चिन्ता बढाएको छ ।

शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले कोरोनालाई रोक्नका लागि मानिसहरुलाई भीडमा जम्मा नहुन र सुरक्षाका तरिकालाई अपनाइराख्न अपिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप