सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साउदी अरबमा लगाइएको कर्फ्युको अवधि अनिश्चितकालको लागि लम्ब्याइयो

आइतबार, ३० चैत २०७६, १७ : ०३
आइतबार, ३० चैत २०७६

कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन साउदी अरबले कर्फ्यु लम्ब्याएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ। 

कोरोना भाइरस(कोभिड-१९) को संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्युको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको नेपाली दूतावासले साउदीले जनाएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदी अरबको विभिन्न १३ शहरको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको जनाइएको छ।

साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न रियादस्थित नेपाली दूतावासले सबै नेपाली हरुमा अनुरोध समेत गरेकोछ।
हालसम्म साउदीमा कोरोना संक्रमित ४ जना नेपाली मध्ये ३ जना उपचारपछि निको भैसकेको दूतावासले जनाएको छ । साउदीमा नेपालीबाहेक ४ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्। 

कोरोना भाइरसका कारण साउदीमा ५२ जनाको ज्यान गैसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप