सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुवेतमा थप दुई जना नेपाली कोरोना संक्रमित

आइतबार, ३० चैत २०७६, १७ : ०८
आइतबार, ३० चैत २०७६

खाडी मुलुक कुवेतमा थप दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले थप दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको छ। 

कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप ८० जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या १२ सय ३४ पुगेको छ।

तीमध्ये १ सय ४२ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार ९१ को सामान्य उपचार भैरहेको त्यसमध्य २९ जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप