मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा

मङ्गलबार, २७ फागुन २०७६, ०८ : ४१
मङ्गलबार, २७ फागुन २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक उच्चस्तरीय समितिमा पत्रकार चिरन शर्मा नियुक्त भएका छन् । 

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीविरुद्ध लड्न  गठित  उच्चस्तरीय समितिको प्रेस संयोजकमा शर्मा नियुक्त भएका हुन् । 

सो उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधार रहेका छन्।

कोरोना भाइरसको महामारीले पारेको प्रभाव र समस्या समाधानको लागि समितिले गरेका गतिविधिलाई  गैरआवासीय नेपालीसमक्ष पु-याउन जिम्मेवारी सहित संघका अध्यक्ष कुमार पन्तले आइतवार देखि सो जिम्मेवारी दिएको संघले जनाएको छ ।  
 शर्मा वेलायतमा रहेर पत्रकारिता गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप