सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आँट गरौँ

सोमबार, ०१ वैशाख २०७७, ०९ : १२
सोमबार, ०१ वैशाख २०७७

मानव सभ्यताको इतिहासमा अनन्त अनन्तसम्म अंकित हुने समयको एक असाधारण क्षणमा हामी अहिले छौँ । मानव अस्तित्वलाई चुनौती दिने संकटको यो घडिमा विश्व एकजुट भएर लड्नु आवश्यक छ । झन राष्ट्र एकजुट हुनु त अत्यावश्यक भइसकेको छ । 

अहिलेको संकटसँग जुध्न भइरहेको सरकारी तयारी ‘नहुने मामा भन्दा कानो मामा निको’ मात्र हो । नरभंक्षी ह्रिसक वलवान बाघसँग भिड्न रवरको गुलेली लिएर सरकार बसेको छ । सरकारको मात्र भर पर्ने हो भने डुङ्गा डुब्छ । 

सरकारले यसबखत तुरुन्त एक सर्वपक्षीय संयन्त्र निर्माण गर्नु आवश्यक छ । विज्ञ, विद्धान, कुटनीतिज्ञ, राजनीतिज्ञ, डाक्टरहरु पत्रकारहरु र विविध क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको प्रतिनिधित्व गर्दैै एक राष्ट्रिय तागतको रुपमा सर्व पक्षीय संयन्त्र निर्माण गर्नुपर्दंछ । 

तर समय घर्किन लाग्दा पनि यसततर्फ सरकारी चासो नदेखिएकोले अब जनस्तरबाटै यो प्रयासको थालनी हुनु जरुरी छ । ज्यान जोगाउने काम सरकारको मात्र होइन, हाम्रो ज्यान हामी आफैं जोगाउने प्रयास पनि गरौं । यसको लागि एक गैर सरकारी वा जनताको तागत नामको एउटा राष्ट्रिय शक्ति तत्काल निर्माण गरौं । 

यस संयन्त्रको नेतृत्व सम्भव भएसम्म प्रतिपक्षि दलले गरोस् उसले गर्दैन भने जनताको तर्फबाट जसले गरे पनि हुन्छ । नेतृत्वको पहिचान संकटकालमा नै हुन्छ । संकटले नै नेतृत्व जन्माउँछ र जसले यसबखत अगाडि आएर हिम्मतपूर्वक कार्य गर्छ भविष्य उसकै हो ।

यो संयन्त्रमा नेपाली जनजीवनका हरेक पक्षबाट प्रतिनिधित्व हुन सकोस सबैले आ–आफ्नो नो तर्फबाट यो संकटबाट मुक्ति पाउन तन मन, धन, बल वर्गत सबै प्रयोग गरौं । 

यो संयन्त्र निर्माण भयो भने अहिलेको निराशा, अन्यौल र असुरक्षाको कालोबादल धेरै मात्रामा हट्छ ।  समाजमा हरेक पक्षबाट विचारहरु संकलन गरी संंयन्त्र आपैmले गर्नसक्ने काम जनस्तरबाट नै सम्पन्न गर्ने र नसक्ने कामहरु सरकारसँग समन्वयन गरी कार्यान्वयन गर्नु उपयुक्त हुन्छ ।

यसबखत शरीर बन्धक छ विचार बन्धक छैन । हरेक व्यक्ति यस बखत यो संकट समाधान गर्नको लागि आ–आफ्नो तर्फबाट योगदान दिन तयार हुन्छन । शीतको थोपा बटुल्ने प्रयास गरौं । नेतृत्व जसले गर्दा पनि हुन्छ, आँट गरौं । 

यो संयन्त्रले जन्मने बित्तिकै दुईवटा काम तत्काल गरिहाल्नुपर्दछ ।

१.कोरोनाबाट तत्काल ज्यान जोगाउन गर्नुपर्ने कार्यहरुबारे अध्ययन अनुसन्धान गरि कार्यान्वयन गर्ने । 

२. कोरोनाको प्रभाव कम हुने बित्तिकै आउनसक्ने समस्याहरुको समाधानमा अध्ययन अनुसन्धान गर्ने । प्रयाप्त सुरक्षा, खाद्यलगायत आदि इत्यादि संकटहरु अगाडि छन् तिनीहरुसंग मुकाविला गर्न के कस्तो रणनीति अपनाउनु पर्दछ यो काम यस संयन्त्रले तत्काल शुरु गरि हाल्नुपर्दछ । 

यो बखत आ–आफ्नो औकात र नियत प्रदर्शन गर्ने बखत हो । मानिसहरुको मन मष्तिस्क तौलने बेला हो । नेतृत्व तहको लागि त यो अवसर आ–आफ्नो व्यक्तिगत र दलगत ताकत प्रदर्शन गर्दै भविष्य निर्माण गर्ने चुनौति र अवसर हो । 

-भरतजंग उप्रेती

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप