सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

सोमबार, ०१ वैशाख २०७७, १० : ५०
सोमबार, ०१ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार सोमबार देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । 

महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा आंशिक बदली  रहेको जानकारी दिएको छ । 

यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहने छ।  देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति  देशको पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली  रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप