सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राम्रो काम गर्दा कुटाइ खाएँ– अभिनेत्री सरिता लामिछाने

शुक्रबार, २६ जेठ २०७४, १५ : ४४
शुक्रबार, २६ जेठ २०७४

सामाजिक कथामा आधारित सिरियलबाट बढी चिनिएकी छन्– अभिनेत्री सरिता लामिछाने । निर्देशक तुलसी घिमिरेको मुक्ति सिरियलबाट अभिनयमा डेब्यु गरेकी सरिताका त्यसपछि अचानक, गहना, जानकी, दुई दिनको जिन्दगानी, सीता, भूमिका, परिचय, चाहना मनकोलगायत थुप्रै सिरियल सार्वजनिक भए । यी सिरियलले उनको अभिनय करियरलाई उचाइ दिने काम गर्यो । नेपाल चलचित्र कलाकार सङ्घको २९ वर्षे इतिहासमा पहिलो पटक महिला महासचिव भएर नयाँ कीर्तिमान बनाएकी उनी एक शृङ्खला मार्फत निर्देशनमा देखिने तयारी गर्दैछिन् । अभिनेत्री सरितासँग रातोपाटीले राखेका दस प्रश्न :

फेसनमा कतिको रुचि छ ?
– धेरै हाइफाइ रुचाउने खालकी होइन म । समयअनुसारको फेसन गर्न मनपर्छ । लगाउने पहिरन पनि कहाँ र कस्तो ठाउँमा जाँदैछु भन्नेमा भरपर्छ । कालो र नीलो कलरका पहिरन बढी मनपर्छ । सेतो पनि मनपर्ने रङ हो । सारी धेरै मनपर्छ र सुहाउँछ । जुन मनपर्छ, त्यो किन्छु । मसँग पाँच सयदेखि पचास हजारसम्मको सारी छन् ।

मनपर्ने खानेकुरा नि ?
– खानेकुरामा म त्यति कन्सियस छैन । दालभात तरकारीको साथमा साग पनि भए धेरै राम्रो । करेला धेरै मनपर्छ ।

फिटनेसतिर कतिको लगाव छ ?
–बिहानको एक घन्टा फिटनेसलाई छुट्टाएकी छु । दैनिक योगा गर्छु ।

घुम्न कति मनपर्छ ?
–धेरै मनपर्छ । भूकम्प आएपछि देखेको भौतिक क्षति र दुःखले भौतिक कुराहरुप्रतिको मोह हराएर गयो । मैले वर्षको २, ४ पटक आफ्नै देशका विभिन्न ठाउँ र मिल्छ भने विदेश पनि घुम्ने योजना बनाएकी छु ।

फुर्सदमा के गर्नुहुन्छ ? 
– गीत सङ्गीत सुन्छु । चलचित्र हेर्छु । गीत सङ्गीतमा सेन्टिमेन्टल मनपर्छ । ‘हर रात सपनीमा ऐठन हुन्छ..’ बोलको गीत मनपर्ने गीत हो ।

खेलकुदतिर कतिको रुचि छ ?
–धेरै रुचि छ । म बच्चामा धेरै राम्रो भलिबल खेल्थेँ । अन्य खेलप्रति पनि रुचि छ । तर क्रिकेट बुझ्दिन । यो खेल कहिलै आएन ।

मोबाइल कति समयमा फेर्नु हुन्छ ?
–मोबाइल सो अफ गर्नुपर्छ, देखाउन पर्छ भन्ने सोच ममा कहिलै आएन । जुन मोबाइल चलाउँछु । त्यसले काम गरुन्जेल चलाउँछु ।

राजनीतितिर इन्टे«स्ट छ, कि छैन ?


–इन्टे«स्ट छ, राख्छु । इन्ट्रेस्ट भए पनि भोलिका दिनमा राजनीति गर्नुपर्छ भन्ने छैन । राजनीति मेरो पहँुचभन्दा धेरै माथिको कुरो हो ।

जीवनलाई कसरी लिनुभएको छ ?


– जीवनलाई कम्प्लिकेटेड कहिलै बनाएकी छैन । मानिस जन्मेपछि मर्नुपर्छ । मरेपछि लाने भनेको गरिने कर्म हो । मैले अहिलेसम्म मरेर जाँदा सम्झने काम गर्न सकेकी छैन । त्यस्तो एउटा राम्रो काम गर्न पाए हुन्थ्यो । जसले सरिता लामिछानेलाई जीवित राखोस् भन्ने चाहना मनमा छ ।

जीवनमा गरेका गल्ती र पाएको सजाय भन्न मिल्छ ?


स्कुलमा म सधैँ अनुशासनमा पुरस्कार पाउँथे । जतिबेला पाँच कक्षामा पढ्थँे । सो समय जहिले पनि म होमवर्क एउटा एक्स्ट्रा गर्थें । हामीलाई पढाउने मिरा नामको म्याडम एकदमै कडा स्वभावको हुनुहुन्थ्यो । एक दिन उहाँले कक्षामा होमवर्क चेक गर्नुभयो । सबैले होमवर्क झिकेँ । एकजना सङ्गीता भन्ने साथीको होमवर्क रहेनछ । आफूसँग भएको एक्स्ट्रा होमवर्क उनलाई दिएँ । अर्काे साथीले मैले होमवर्क दिएको देखेर म्याडमलाई कुरो लगाइदिइन् । त्यो समय मलाई म्याडमले धेरै कुट्नु भयो । उल्टोसुल्टो सबै प्रकारले पिट्नुभो । मेरा गाला सुन्निएर ठूला भए । साथीलाई आफूसँग भएको होमवर्क दिएर राम्रो काम गरेको थिएँ मैले । राम्रो काम गर्दागर्दै कुटाइ खाएँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप