सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली क्युआरएफुद्वारा युएईमा रहेका नेपालीहरुलाई अनलाइन फारम वितरण, पीडित नेपालीलाई खाद्यान्नको व्यवस्था

सोमबार, ०१ वैशाख २०७७, १३ : ३८
सोमबार, ०१ वैशाख २०७७

–विनोद श्रेष्ठ 
युएई । युएईमा कोरोना भाइरस (कोभिड–१९) ले नेपालीहरुलाई पारेको प्रभाव र उनिहरुको अबस्थाबारे जानकारी लिने उदेश्यले नेपाली क्युआरएफुले (Quick Reaction Force) अनलाइन फारम वितरण गरिएको छ।

कोरोना भाइरस (कोभिड–१९) का कारण युएईमा नेपाली समुदायमा परेको असरको तथ्यांक उठाउने र सम्भावित खतराबाट जोगाउने उद्देश्यले युएईमा रहेका नेपालीहरुको विवरण लिन उक्त अनलाइन फारम वितरण गरिएको हो।

नेपाली क्युआरएफुले युएईभरी रहेका सम्पुर्ण नेपालीहरुको अवस्थाको बारेमा जानाकारी लिने र स्थानिय निकायसँग विवरण साझा गरि समन्वय तथा आवश्यक सहयोगको लागि पहल गर्ने उद्देश्यले यो फारम उपलब्ध गराइएको जनाएको छ।

दुवईको स्थानीय सुरक्षा निकायको समन्वयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईसहित अन्य नेपाली समुदायका प्रतिनिधिहरुले युएईमा रहेका नेपालीहरुको बस्तुस्थितीबारे जानकारी लिने अलवा उनिहरुलाई परेको समस्या तत्काल समाधान लगाएत अति आवश्यक भए खाध्यान समेत राहत स्वरुप उपलब्ध गराइरहेका छन्। उनीहरुले कोरोना भाइरसबाट पीडित नेपाली कामदारहरुको क्याम्प क्याम्पमा पुगि दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, नुन, तेल जस्ता अत्याबश्यक समाग्रीहरु बितरण गरिरहेका छन्।

कोरोनाका कारण दुवई लकडाउनमा छ। दुवईको स्थानीय सुरक्षा निकायले नेपाली क्युआरएफ टिमलाई सवारी चलाउन र बिभिन्न स्थानमा आवतजावत गर्न पासको समेत व्यवस्था गरेको छ। उनीहरुलाई युएईमा रहेका नेपालीहरुलाई समस्या परेमा सम्पर्क गर्न हेल्पलाईनको समेत दुवई प्रहरीले प्रदान गरेको छ।

पीडितहरुको उद्दार गर्न आर्थिक सहयोग कहाँबाट जुटेको छ ? भन्ने हाम्रो प्रश्नमा क्युआरएफु टिमका संयोजक पासाङ रेन्जी शेर्पाले केहि रकम एनआरएनए एनसिसि युएईको कोष, विभिन्न चन्दा दाता र आपत्कालीन अवस्था परे आफ्नै पकेटबाट खर्च गरिरहेको रातोपाटीलाई बताए। हामिसँग ४ वटा सवारी साधनहरु आवश्यकताअनुसार कुँदिरहेका छन्। ‘जहाँ समस्या छ, त्यहा सकेसम्म छिटो स्पोर्ट एक्सन लिएका छौं’ शेर्पाले भने। उनले युएईमा रहेका नेपालीहरुलाई अलनाइनबाट बितरण गरिएको फारम भरेर पठाउन सबैमा अनुरोध समेत गरे।

उनले युएईमा कोहि पनि नेपालीहरु कोरोना भाइरस समन्धी समस्या वा जिज्ञासा भएमा  हेल्पलाईन नम्बर ०५२३८२४८३५  कल गर्न समेत अनुरोध गरेका छन्।

क्युआरएफुको टिममा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए युएईका युवा संयोजक मदन अधिकारी, केन्द्रीय सदस्य सुजन सापकोटा, नेफिन युएईका संरक्षक समिति सदस्य टंक थापा मगर, नेपाल मगर संघ शाखा युएई प्रतिनिधि सुनिता थापामगर, शेर्पा किदुग युएई प्रतिनिधि निमा ल्हमु शेर्पा र  समाजसेवी  रमेश गौतम र अमन थापा गरि ९ जना रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप