सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा वैशाख २१ गतेसम्म लकडाउन लम्ब्याइयो

मङ्गलबार, ०२ वैशाख २०७७, १० : ३३
मङ्गलबार, ०२ वैशाख २०७७

भारतमा  वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले वैशाख ८  (२० अप्रिल)सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने बताएका छन्  ।

वैशाख ८ पछि सशर्त केही छुट दिइने:

मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए  वैशाख ८ पछि केही छुट दिइने पनि बताएका छन् ।

तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने उनले बताएका छन् । पछिल्लो २६ दिनमा मोदीको यो चौथो राष्ट्रको नाममा सम्बोधन हो । 

भारतमा गत चैत १२ देखि लकडाउन लागू गरिएको थियो । लकडाउनको आज अन्तिम दिन थियो । मोदीले भने, ‘जब यहाँ मात्र ५५० जना संक्रमित थिए, त्यतिबेला नै २१ दिनका लागि सम्पूर्ण लकडाउनको ठूलो कदम उठायौँ । भारतले समस्यालाई पर्खिएन बरु समस्या देखिने बित्तिकै चाँडो फैसला गरेर त्यसलाई त्यही समय रोक्ने प्रयास ग¥यो । ठूला–ठूला सामर्थ्यवान देशमा कोरोनाको आँकडाको तुलनामा भारतमा धेरै सम्हालिएको स्थिति छ ।’

मोदीले सामाजिक दुरी र लकडाउनले देशलाई ठूलो लाभ हासिल भइरहेको जिकिर गरे । ‘आर्थिक दृष्टिकोणबाट मात्र हेर्दा हामीले ठूलो मूल्य चुकाउनु परेको देखिन्छ तर भारतवासीको जीवनको अगाडि यसको कुनै तुलना हुन सक्दैन,’ उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप