सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईमा भिजिट भिसामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुस्, बन्यो नयाँ नीति

मङ्गलबार, ०२ वैशाख २०७७, २२ : २१
मङ्गलबार, ०२ वैशाख २०७७

-बिनोद श्रेष्ठ, 
युएई । तँपाई युएईमा भिजिट भिसामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुस्। युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।

अब मार्च १ तारिकभन्दा पछि तपाईंको भिसाको म्याद सकिएको छ र रिन्यु पनि भएको छैन र नेपाल फर्कन पनि पाउनु भएको छैन चिन्ता नलिनुस् । सन् २०२० को अन्त्य सम्म तपाईको भिसा अवधि मान्ने हुनेछ।

युएई सरकारले  मार्च १ तारिकभन्दा पछि सकिएका भिसालाई २०२० सम्म नै मान्यता दिने भएको छ। युएई वा युएई बाहिर बिदामा घर फर्कनुभएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ । यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप