सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोके

बुधबार, ०३ वैशाख २०७७, ०६ : ३२
बुधबार, ०३ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न आफूले प्रशासनलाई निर्देशन दिएकबो जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाए । उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’

यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई ‘चीन परस्त’ भएको आरोपसमेत लगाएका थिए ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै रकम दिँदै आएको छ । गत वर्ष अमेरिकाले संगठनलाई ४० करोड डलर दिएको थियो । ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले देशमा सबैकुरा सामान्य गर्नका लागि सुक्ष्म तरिकाले काम भइरहेको छ । ट्रम्पले भने, ‘म सबै ५० गभर्नरसँग चाँडै नै कुरा गर्नेछु । सबै राज्यका सबै गर्भनरलाई योजनाअनुसार काम गर्न जिम्मेवारी दिइनेछ ।’

ट्रम्पले थपे, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठलाई हरेक वर्ष ४० देखि ५० करोड डलर दिन्छ जबकी चीनले चार करोड मात्रै दिन्छ । संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले जस्तो भयावह स्थिती छ त्यो कहिले पनि निम्तिने थिएन ।’

ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनको कस्तो भूमिका रह्यो त्यसको समीक्षा पनि गरिने जानकारी दिए ।

संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् । यसअघि ट्रम्पले संयुक्त राष्ट्रलाई दिइने रकममाथि पनि प्रश्न उठाएका थिए र अन्तर्राष्ट्रिय जलवायु सम्झौताबाट पनि अमेरिकालाई अलग्गयाएका थिए । ट्रम्पको निशानामा वर्ल्ड ट्रेड ओर्गनाइजेशनमा पनि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप