सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाका केही राज्य सायद बैशाख २० अघि नै खुल्नेछः ट्रम्प

बुधबार, ०३ वैशाख २०७७, ०८ : ११
बुधबार, ०३ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिकी राज्य गभर्नरबीच लकडाउन समाप्तिको लागि मतभेद जारी छ ।

सोमबारको पत्रकार सम्मेलनमा लकडाउन खुलाउने नखुलाउने भन्ने कुराको निर्णय गर्ने पूर्ण अधिकार भएको बताएका ट्रम्पले मंगलबार भने भिन्न अभिव्यक्ति दिएका छन् ।

उनले अब गर्भनरले नै आफ्नो राज्य पुनः खुल्ने नखुल्ने भन्ने विषयमा  निर्णय लिने बताएका छन् । यो प्रक्रियामा संघीय सरकारको सहयोग रहने उनले जानकारी दिएका छन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा बोल्दै ट्रम्पले भने, ‘२० राज्यको अवस्था निकै राम्रो छ । तीमध्ये कति त अप्रिलको अन्त्यतिर वा मे १ (बैशाख २०) अघि नै खुल्न सक्छन् ।’

‘म सबै ५० राज्यका गर्भनरसँग संक्षिप्त कुराकानी गर्नेछु र प्रत्येकलाई आफ्नो राज्य पुनः खोल्नका लागि अधिकार दिनेछु ।’

उनले कोरोनाभाइरसले राज्यमा निम्त्याउने जे जति उतारचढाव हुन्छ त्यसका लागि गभर्नर जिम्मेवार रहने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप