मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महिन्द्राको ‘डिजेल कार्गो भ्यान’ सार्वजनिक

शुक्रबार, १६ भदौ २०७४, २० : २७
शुक्रबार, १६ भदौ २०७४

काठमाडौं– महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपालकै पहिलो डिजेल भ्यान (सुप्रो कार्गो भ्यान) र यसको ग्लोबल मोबिलिटी सलुसन्सको पूर्ण शृंखला शुक्रबार सार्वजनिक गरेको छ । 

कम्पनीले १२औं नाडा अटो सो २०१७ का अवसरमा सुप्रो कार्गो भ्यान सार्वजनिक गरेको हो । सुप्रो कार्गो भ्यान एक टनभन्दा कम तौल ओसारपसार गर्ने सबै व्यावसायिक आवश्यकताको सम्बोधन हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । 

अतुलनीय माइलेज, विश्वासिलो डिआइ इन्जिन, क्लोज्ड बडी, यस वर्गकै उत्कृष्ट बे भोल्यूम–१३३० लिटर र इम्प्रेसिभ टप स्पिडका कारण यसले आदर्श व्यवसायिक साझेदारको भूमिका खेल्ने कम्पनीको विश्वास छ । 

तेस्रो निर्यात गन्तव्य नेपालका ग्राहकसामू महिन्द्राका मोबिलिटी सलुसन्सका पूर्ण शृंखला सार्वजनिक गर्न पाउँदा खुशी लागेको महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका भाइस प्रेसिडेन्ट, हेड अफ इन्टरनेसनल अपरेसन – एएफएस (साउथ एसिया), सञ्जय जाधवले बताए । सुप्रो कार्गो भ्यानबाट कम्पनीले उच्च मूल्यका वस्तु र एफएमसिजी, लौन्ड्री, कुरियर, इ–कमर्स डेलिभरी जस्ता व्यवसायको विस्तारमा साझेदारी गर्ने उद्देश्य लिएको पनि उनले बताए । 

कार्यक्रममा दुगड ब्रदर्स एन्ड सन्स प्रालिका भाइस चेयरम्यान विवेक दुगडले भेहिकल्सहरुको विशाल प्रदर्शनीका साथ महिन्द्रासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको बताए ।   

१९ अर्ब अमेरिकी डलरको कम्पनीहरुको महासंघ महिन्द्रा समूह युटिलिटी भेहिकल्स, सूचना प्रविधि, वित्तीय सेवा र भारतको भ्याकेसन अनरसिपमा नेतृत्वदायी स्थानमा रहेको छ ।

संसारकै सबभन्दा ठूलो ट्र्याक्टर कम्पनी महिन्द्रले कृषि व्यवसाय, उपकरण, व्यापारिक बाहन, परामर्श सेवा, ऊर्जा, औद्योगिक उपकरण, लजिस्टिक, रियल स्टेट, स्टिल, एरोस्पेस, प्रतिरक्षा र दुईपांग्रेमा पनि यसको सशक्त उपस्थिति जनाएको छ ।

यो कम्पनीले संसारका सयभन्दा बढी मुलुकका दुई लाखभन्दा बढीलाई रोजगारी पनि दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप