सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार पार

बुधबार, ०३ वैशाख २०७७, ०९ : ३४
बुधबार, ०३ वैशाख २०७७

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार पार भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी कोरोना संक्रमतिको संख्या ११ हजार ४ सय ३९ पुगेको छ । मन्त्रालयले बुधबार बिहान  सार्वजनिक गरेको आँकडा अनुसार अहिलेसम्म ३ सय ७७ को मृत्यु भएको छ ।

राज्यको कुरा गर्ने हो भने महाराष्ट्रमा २६ सय ८७ संक्रमित भेटिएका छन् । यो सबैभन्दा धेरै हो । यहाँ १ सय ७८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा १५ सय ६१ संक्रमित पाइएका छन् जसमध्ये ३० जना भाइरसका कारण ज्यान गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप