सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम : चट्याङसहित असिना पानीको सम्भावना

बुधबार, ०३ वैशाख २०७७, १० : २५
बुधबार, ०३ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाले बुधबार बिहान देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भइरहेको  र बाँकी भू–भागमा आंशिक बदली रहेको जानकारी दिएको छ । 

पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। भने देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली  रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप