सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको निर्णयमाथि विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिक्रिया

बिहीबार, ०४ वैशाख २०७७, ०६ : ५५
बिहीबार, ०४ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई दिँदै आएको रकम रोक्ने घोषणा गरेका थिए । अमेरिकाले डब्ल्यूएचओलाई हरेक वर्ष ४० देखि ५० करोड डलर रकम उपलब्ध गराउँदै आएको र चीनले मात्र ४ करोड डलर दिने गरेको ट्रम्पले बताएका थिए  ।

अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओलाई यति हुँदाहुँदै पनि चीनको पक्षमा काम गरेको आरोप लगाउँदै कोरोनाभाइरस संक्रमण रोक्नका लागि संगठनको भूमिका ठिक नभएको पनि बताएका थिए । अब यसबारे डब्ल्यूएचओको पनि प्रतिक्रिया आएको छ । संगठनले ट्रम्पको निर्णयप्रति खेद जताएको छ ।


डब्ल्यूएचओका प्रमुख डा. टे«ड्रोस एडनम गिब्रिएससले भने, ‘ अमेरिका लामो समयदेखि डब्ल्यूएचओको साथी रहँदै आएको छ र उसले आर्थिक रुपमा मद्दत पनि गरिरहेको छ ।’

उनले थपे, ‘हामी अमेरिकी राष्ट्रपतिद्वारा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्दै आएको रकम रोक्न दिइएको आदेशप्रति खेद प्रकट गर्दछौं ।’

‘अमेरिकाले रकम बन्द गरेपछि पर्ने प्रभावबारे डब्ल्यूएचओले समीक्षा गरिरहेको छ । हामी आफ्ना पार्टनरसँग आर्थिक संकटको विषयमा छलफल गर्नेछौं ताकि कुनै प्रकारको समस्या नआओस् ।’ उनले भने, ‘कुनै पनि हालतमा काम नरोकियोस् भन्ने कुराको हामी सुनिश्चित गर्न चाहन्छौं ।’


उनी थप्छन्, ‘जहाँ सुधार गर्नुपर्नेछ ती स्थानको पहिचान गर्ने कुरामा कुनै शंका छैन । हामीले गर्दै जाँदा सिक्ने पनि त हो । तर अहिलेको लागि हाम्रो ध्यान–मेरो ध्यान यो भाइरसलाई रोकेर जीवन बचाउनेमा केन्द्रीत छ ।’

ट्रम्पको यो निर्णयको व्यापक आलोचना पनि भइरहेको छ ।

अमेरिकाका चर्चित उद्योगपति तथा माइक्रोसफ्टका सह–संस्थापकले ट्रम्पको निर्णयलाई खतरनाक बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप