सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पिज्जा डेलिभरी गर्ने व्यक्तिमा देखियो कोरोनाभाइरस, ७० जना क्वारेन्टाइनमा

बिहीबार, ०४ वैशाख २०७७, ११ : ००
बिहीबार, ०४ वैशाख २०७७

भारतको राजधानी दिल्लीमा ७० जना व्यक्तिलाई क्वारेन्टाइनमा पठाइएको छ । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको हो ।

इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।

अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’

भारत हालै कोरोनाभाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप