सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए

शुक्रबार, ०५ वैशाख २०७७, ०६ : ४४
शुक्रबार, ०५ वैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो समयमा अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु हुने गरेको छ । यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप