सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, ०५ वैशाख २०७७, ०७ : ५८
शुक्रबार, ०५ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

यसैगरी, हाल देशको पूर्वी र पश्चिमी भू–भागका साथै मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली हुनेछ । भने देशका मध्य, पूर्वका केही स्थान र पश्चिमका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने पहाडी भूभागका थोरै स्थान र तराईको एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप