सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनको विकास दरमा तीन दशकपछि गिरावट

शुक्रबार, ०५ वैशाख २०७७, ०९ : ५६
शुक्रबार, ०५ वैशाख २०७७

सन् २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपीमा ६.८ प्रतिशतको गिरावट आएको छ । सन् २०१९ को पहिलो त्रैमासिकको तुलनामा यति प्रतिशतको गिरावट देखिएको हो । यदि यसअघिका त्रैमासिकसँग यसको तुलना गर्ने हो भने चिनियाँ अर्थव्यवस्थामा यो गिरावट अझ धेरै छ । पछिल्लो त्रैमासिकको तुलनामा यो गिरावट ९.८ प्रतिशत छ ।

शुक्रबार जारी सरकारी आँकडाका अनुसार पछिल्लो तीन दशकमा पहिलोपटक चीनको अर्थव्यवस्थामा गिरावट आएको हो ।

सांघाईस्थित बीबीसी संवाददाता रबिन ब्रेन्टका अनुसार कोरोनाभाइरसको महामारी फैलिएपछि चीन संसारको पहिलो देश हो जसले अर्थव्यवस्थामाथि यसको प्रभावसम्बन्धि आँकडा आधिकारिक रुपमा जारी गरेको हो ।

चिनियाँ अधिकारीका अनुसार अर्थव्यवस्थामा गिरावट हुँदाहुँदै पनि रोजगार स्थिर छ र कुनै ठूलो परिमाणमा जागिरमा कटौती भइरहेको छैन । चीनमा बेरोजगारी हाल ६.२ प्रतिशत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप