सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शनिबार कुन राशिका लागि फलदायी ?

शनिबार, ०६ वैशाख २०७७, ०५ : ५३
शनिबार, ०६ वैशाख २०७७

वि.सं.२०७७ साल वैसाख ०६ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– एकादशी,४५ घडी ३७ पला,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– शतभिषा,अहोरात्र । योग– शुक्ल,३७ घडी १० पला,बेलुकी ०८ बजेर ३० मिनेट उप्रान्त ब्रम्ह । करण– बव,बिहान ११ बजेर ०९ मिनेट उप्रान्त बालव,बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०८ पला । विश्व सम्पदा दिवस । पञ्चक। वरुथिनी एकादशी व्रत।


मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्यामा अरुलाई पछी पारेर अगाडी बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्वन्धी समस्याले सताउँने हुदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिवन सुखी रहनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यपारमा मन्दी आएपनि औषधीजन्य तथा खानेकुराको व्यापारमा वृद्धि हुनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेकोछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । 


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  व्यापार व्यावसायबाट घाटा लाग्नेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी पछिको लागी आम्दनी हुने काम गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । स्वअध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । विदेशमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । औषधीजन्य र खानेकुराको व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा घाटा लाग्नेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्ने भएपनि औषधीजन्य व्यापारबाट केही मात्रामा लाभ लिन सकिनेछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा सफलता प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कन्फिडेन्ट पावर बढ्ने हुदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । औषधीजन्य र खानेकुराको व्यापारमा वृद्धि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । विदेशमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप