सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैनः ट्रम्प

आइतबार, ०७ वैशाख २०७७, ०७ : ५१
आइतबार, ०७ वैशाख २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको बताएका छन् ।

ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्रपतिले यस्तो दाबी गरेका हुन् ।

यसबारे उनले भने, ‘कोरोना भाइरसका कारण भएको मृत्युको मामलामा अमेरिका पहिलो नम्बरमा होइन । पहिलो नम्बरमा चीन छ । हामी त उसको छेउछाउ पनि छैनौं । यो मलाई पनि थाहा छ र उनीहरुलाई पनि थाहा छ ।’

उनले अन्य देशमा भइरहेको मृत्युको आँकडाबारे पनि उक्त पत्रकार सम्मेलनमा कुराकानी गरे ।

उनका अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम छ ।

ट्रम्पले भने, ‘जर्मनीको यो मामलामा अपवाद हो । ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढी छ ।’

ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोप पनि लगाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप