सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मास्क लगाउन नमानेपछि ७८ वर्षीय बुवाद्वारा अधबैंसे छोराको हत्या, गरे आत्मसमर्पण

आइतबार, ०७ वैशाख २०७७, १३ : ५२
आइतबार, ०७ वैशाख २०७७

कोरोनासंक्रमणको खतराका बीच मास्क लगाउन अस्विकार गर्दा भारतको पश्चिम बंगालमा ७८ वर्षे बुवाले छोराको हत्या गरेका छन् । छोराको हत्या गरेपछि बुवाले थाना पुगेर आत्मसमर्पण गरेका छन् ।

भारतीय मिडिया भास्करका अनुसार कोलकाताको शोवाबाजार इलाकामा बंशीधर मलिक आफ्नो परिवारसँगै बस्छन् । उनी शनिबार बेलुका ७ बजे श्यामपुकुर थाना पुगे । त्यहाँ उनले प्रहरी अधिकारीलाई आफूले ४५ वर्षे छोराको घाँटी कपडाले कसेर हत्या गरेको जानकारी दिए । उनका अनुसार उनका छोरा दैनिकजसो बेलुका मास्क नलगाई घर बाहिर जाने गरेको र आफूले यसका लागि गाली गर्दासमेत नमानेपछि रिसको झोंकमा छोराको हत्या गरिदिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप