सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेबाट पैदल हिँडेका ४६ रोल्पाली साँखुमा रोकिए, उद्धारका लागि उर्जामन्त्री पुनलाई गुहार्दै

आइतबार, ०७ वैशाख २०७७, १५ : ४६
आइतबार, ०७ वैशाख २०७७

काठमाडौं । काभ्रेबाट पैदलै रोल्पा हिडेका ४६ मजदुरलाई काठमाडौंको साँखुमा रोकिएको छ । महिला, बालबालिकासहित पैदल हिँडेका उनीहरुको दयनीय अवस्था देखेर शंखरापुर नगरपालिका र महानगरीय प्रहरी प्रभाव साँखुले उनीहरुलाई रोकेर खाना खुवाएको छ । 

काभ्रेको मण्डनदेउपुरको ईटा भट्टामा काम गर्ने उनीहरु लकडाउनका कारण काम रोकिएपछि गएरातीदेखि झिटी गुण्टा कसेर पैदल यात्रामा निस्किएका थिए । बालबालिकासहित दयनीय अवस्थामा पैदल हिँडेको देखेपछि उनीहरुलाई रोकिएको शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

श्रेष्ठले उनीहरुलाई साँखुस्थित सिटिइभिटीको हलमा राखेर खाना खुवाएको जानकारी दिदैँ खाना, दिउँसोको खाजा र बस्नको व्यवस्था गरिएको बताए । उनीहरुलाई खान बस्नको व्यवस्था गर्न नगरपालिका सक्षम रहेको बताउँदै उनीहरुले घर जान चाहेका कारण उद्धारका लागि पनि पहल भइरहेको जानकारी दिए ।

 उनले भने–‘उनीहरु यहीँ बस्न चाहन्छन् भने उनीहरुलाई पुग्ने खाना र बस्नको व्यवस्था पनि गर्नसक्छौँ । उनीहरुले घर जान नै चाहेपछि उद्धारका लागि विभिन्न ठाउँमा कुराकानी गरेको छु । अघि भर्खरै उर्जामन्त्री वर्षमान पुनसँग पनि कुरा गरेको छु । उहाँले सकभर आजका लागि रोकेर राख्न भन्नुभएको छ । भोलीसम्म गाडिको व्यवस्था भएपछि सुरक्षित रुपमा उनीहरुको उद्धार गर्ने कुरा भएको छ ।’

प्रहरी, नगरपालिकाका प्रतिनिधि र स्थानीय मिलेर उनीहरुलाई बिहान खाना खुवाएको बताउँदै श्रेष्ठले बस्ने स्थानको व्यवस्था गरिहेको जानकारी दिए । 

यस्तै, चाँगुनारायणमा काम गर्ने १३ जना मजदुरहरुका लागि पनि खानाको व्यवस्था गरेको बताए । १२ जनामध्ये ४ जना दाङका मजदुर रहेको र उनीहरुले पनि घर फर्किन खोजेको श्रेष्ठको भनाई छ । उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ ।   लकडाउनका कारण राजधानीसहित विभिन्न जिल्लामा काम रोकिएपछि अलपत्र परेका मजदुरहरु घर फर्किने क्रम रोकिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप