आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोना अपडेटः हालसम्मका मुख्य खबर

मङ्गलबार, ०९ वैशाख २०७७, ०७ : ०८
मङ्गलबार, ०९ वैशाख २०७७

– इटलीमा पहिलो पटक एक दिनमा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । इटलीका लागि यो राहतको कुरा हो । यसैबीच युरोपका विभिन्न देशले लकडाउन थोरै खुकुलो पारेका छ ।

– अमेरिकामा कच्चा तेलको मूल्य पहिलो पटक जिरोभन्दा पनि मुनी गएर माइनसमा पुगेका छ । तेल उत्पादकले आफ्ना खरिदकर्तालाई पैसा दिएर तेल लिन आग्रह गरिरहेको बताइएको छ । इतिहासमा पहिलो पटक यस्तो भएको हो ।

– बेलायतको अस्पतालमा कोरोना संक्रमणका कारण थप ४ सय ४९ जनाको मृत्यु भएको छ । यससँगै यहाँ संक्रमणका कारण ज्यान गुमाउनेको कूल आँकडा १६ हजार ५ सय ९ पुगेको छ । यद्यपि, प्रशासनले नयाँ संक्रमितको संख्यामा स्थिरता आएको बताएको छ ।

– फ्रान्समा कोरोना संक्रमणका कारण मृत्यु हुनेको आँकडा २० हजार पार भएको छ । यद्यपि, फ्रान्सले नर्सिङ होममा ज्यान गुमाउनेहरुलाई पनि आँकडामा समावेश गरेको छ, जुन अन्य देशले गरेका छैनन् ।

– विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ऐडहेनाम ग्रब्रियेसासले पत्रकार सम्मेलनमा उनले अमेरिकासँग केही पनि नलुकाएको बताएका छन् । गत हप्ता अमेरिकी राष्ट्रपतिले डब्ल्यूएचओले समय रहँदा नै संसारलाई कोरोनाभाइरसको खतराबारे चेतावनी नदिएको आरोप लगाएका थिए ।

– संसारभरी कोरोनाभाइरस संक्रमितको कूल संख्या २४ लाख ८१ हजारभन्दा माथि पुगेको छ । हालसम्म १ लाख ७० हजार बढीले ज्यान गुमाइसकेका छन् भने ६ लाख ४६ हजार बढी निको भएर घर फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप