सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम : देशभर हावाहुरी, चट्याङसहित असिना पानीको सम्भावना

मङ्गलबार, ०९ वैशाख २०७७, ०८ : ०७
मङ्गलबार, ०९ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको  प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य  बदली भइरहेको र  केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ । 

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली रहि केहि स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ । 

पूर्वानुमानमा उल्लेख भएअनुसार  देशभर आंशिकदेखि सामान्य  बदली  रहि थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप