अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमणको हल्लाबारे बोल्यो नर्भिक
मङ्गलबार, ०९ वैशाख २०७७, १८ : ५३
काठमाडौ– नर्भिक अस्पतालमा उपचाररत एक विरामीमा आर.डी.टी.पोजिटिभ भन्ने समाचार विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा आएपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको अस्तालले जनाएको छ । अस्पतालले उक्त समाचार तथा सूचना सत्य नभएकाले यसबारे गलत सूचना संप्रेषण नगर्न आग्रह गरेको छ ।
सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० बर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पी.सी.आर. परीक्षणका लागि उनको स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको र सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा उनको रिपोर्ट नेगेटिभ आएको समेत अस्पतालले जानकारी गराएको छ ।