सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकैदिन कोरोनाभाइरसका ११ संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो

मङ्गलबार, ०९ वैशाख २०७७, १९ : ४४
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं । एकै दिन कोरोनाभाइरस (कोभिड १९) संक्रमण थप ११ जना पुष्टि भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमा ५ जना भने निको भएर घर फर्किसकेका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। आजको परीक्षणबाट पुष्टि भएकामा ९  पुरुष २ महिला रहेका छन् । 

 स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरका १०० जनाको पीसीआरको लागि नमुना संकलन भएकामा धरानमा परीक्षण गर्दा यी संख्यामा संक्रमण पुष्टि भएको हो । 

 योसँगै उदयपुरमामात्रै  कोरोनासंक्रमितको संख्या २४ जना पुगेको छ  । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप