कोरोनाको कहर चर्को, घर फर्कनेहरुको सकसपूर्ण लर्को (फोटोफिचर)
मङ्गलबार, ०९ वैशाख २०७७, २० : २४
कोरोनाको कारण देशव्यापि रुपमा लकडाउन लागू भएपछि राजधानीमा अड्किएका विभिन्न जिल्लाका मानिसहरुलाई घर फर्कने क्रम शुरु भएको छ । विभिन्न जिल्लाका स्थानीय निकायहरुको पहलमा उनीहरुलाई आआफ्नो घर फकाउने कार्य शुरु भएको हो ।
सोही सिलसिलामा आज बेलुकीसम्मै भक्तपुरको लोकन्थलीमा घर फर्कनका लागि जम्मा भएका तथा घर फर्कन थालेका जिरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, उदयपुर लगायतका नागरिकहरुको बाक्लो उपस्थिति देखिन्थ्याे । उनीहरु सकसपूर्ण अवस्थामै भएपनि घर फर्कन आतुर देखिन्थे । प्रस्तुत छ : त्यस अवसरमा देखिएका दृश्यहरु :
सम्बन्धित