सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो

मङ्गलबार, ०९ वैशाख २०७७, २० : ५९
मङ्गलबार, ०९ वैशाख २०७७

काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।  त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पीसीआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए । आइसोलेसनमा राखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए । उनीहरुमा कोरोना संक्रमण भए नभएको अन्तिम पुष्टि भने पीसीआर विधिबाट गरिएको परीक्षणबाट मात्रै हुने उनले बताए ।  नर्सहरुको अवस्था अहिले सामान्य रहेको छ ।

आज मात्रै ११ जनामा संक्रमणको पुष्टि भएको थियो । योसहित अहिलेसम्म नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ हजार ७ सय ७४ जनामा स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये ८ हजार ७ सय ३२ जनामा संक्रमण देखिएको छैन । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप