सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

बुधबार, १० वैशाख २०७७, ०७ : ५०
बुधबार, १० वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले आज चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

भने हालको देशको मौसम  मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य  बदली  रहने छ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।
 
यसैगरी राति  देशभर आंशिक देखि सामान्य  बदली  रहने छ। पहाडी भू(भागका एक(दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप