सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितको विषयमा चीनमाथि पुनः तेर्सियो प्रश्न

बिहीबार, ११ वैशाख २०७७, १२ : ५९
बिहीबार, ११ वैशाख २०७७

कोरोनाभाइरस संक्रमणको पहिलो चरणमा नै चीन करिब दुई लाख ३२ हजार बढी संक्रमित भएको दाबी गरिएको छ । यो आँकडा चीनले जारी गरेको सरकारी आँकडाभन्दा चार गुणा बढी हो ।

हङ्गकङका अनुसन्धानकर्ताले आफ्नो अध्ययनमार्फत् सो कुरा दाबी गरेका हुन् ।

चीनमा २० फेब्रुअरीसम्म ५५ हजार संक्रमित दर्ता गरिएका थिए तर हङ्गकङ युनिभर्सिटीको स्कूल अफ पब्लिक हेल्थका अनुसन्धाताका अनुसार कोभिड–१९ को परिभाषा जुन पछि प्रयोग गरिएको थियो, यदि त्यो सुरुमा नै प्रयोग गरिएको भए संक्रमितको आँकडा योभन्दा अत्यधिक हुन्थ्यो । यो सोध लासेन्टमा प्रकाशित भएको छ ।

चीनमा हालसम्म ८३ हजार संक्रमित भेटिएको बताइएको छ । संसारभरी कोरोनाभाइरसको संक्रमण बढेर २६ लाख पार भइसकेको छ जबकी मृतकको संख्या १ लाख ८४ हजार माथि पुगेको छ ।

चीनको राष्ट्रिय आयोगले १५ जनवरीदेखि ३ मार्चसम्म कोभिड १९ को विषयमा सात संस्करणमा परिभाषा जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप