सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नजिक

शुक्रबार, १२ वैशाख २०७७, ०६ : ३२
शुक्रबार, १२ वैशाख २०७७

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ सय २२ जनाको मृत्यु भएपछि मृतकको संख्या कूल ४९ हजार ८ सय ४२ पुगेको छ ।

साथै, अमेरिकामा एकैदिन ३१ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । हालसम्म संक्रमितको संख्या ८ लाख ८० हजार १ सय ३६ पुगेको छ । संक्रमितमध्ये १४ हजार ९ सय ९७ को अवस्था गम्भीर छ भने ८५ हजार ९ सय २२ जना निको भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप