सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रियो, चट्याङ्गसहित वर्षा हुनसक्ने

शुक्रबार, १२ वैशाख २०७७, ०८ : २९
शुक्रबार, १२ वैशाख २०७७

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट  जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । 

शुक्रबार महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । 

यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । 

त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ। 

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग, असिना  र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य  बदली  रहि  मध्य र पूर्वी भू–भागका थोरै स्थानमा  र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप