सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनद्वारा स्वतन्त्र अनुसन्धानको माग खारेज, बतायो यस्तो कारण

शनिबार, १३ वैशाख २०७७, ०७ : ५२
शनिबार, १३ वैशाख २०७७

कोरोनाभाइरसको उत्पत्तिको विषयमा स्वतन्त्र अनुसन्धानको माग चीनले खारेज गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस्तो प्रकारको माग राजनीतिबाट प्रेरित भएको र कोरोनाभाइरसविरुद्ध चीनको लडाईंलाई कमजोर गर्ने कोसिस गरेको बताएका छन् ।

कोरोनाभाइरसको संक्रमणको सुरुवातदेखि नै चीनले पारदर्शीता नअपनाएको र सूचना लुकाएको आरोप लाग्दै आएको छ । कोरोनाभाइरस सुरुवात गत वर्ष चीनको ऊहान शहरबाट सुरु भएको थियो ।

युरोपियन युनियनको रिपोर्टमा पनि चीनले कोरोनाभाइरससँग सम्बन्धित सही सूचना सार्वजनिक हुन नदिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि यो मामलामा लगातार चीनमाथि हमला गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप